Main News

युवामा अबको दश वर्षमा देश विकास गर्नुपर्ने अभिभारा : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १६ गते १७:५४
युवामा अबको दश वर्षमा देश विकास गर्नुपर्ने अभिभारा : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

१६ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने अभिभारा रहेको बताउनुभएको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा अर्थमन्त्री शर्माले देश विकासका लागि चाहिने सबै श्रोत, साधन र जनशक्ति रहेको भन्दै अबको १० वर्ष एउटा अवसरका रुपमा रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले भ्रष्टाचार, राजनीतिक समस्यालगायतका कारण विकासको काममा अवरोध भएको र त्यसबाट युवा पुस्ता निराश भइरहेको भन्दै अब त्यस्तो नैराश्यता पैदा हुन नदिने दाबी गर्नुभयो ।

युवा पुस्ताले देश विकास गर्ने जिम्मा अब आफ्नो भएको भन्ने सोचेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

अर्थमन्त्री शर्माले देशमा उत्पादनमूखी अर्थतन्त्र आवश्यक रहेको भन्दै आफूसँग भएका श्रोत र साधन प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *