Main News

काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा हट्ने, स्वास्थ्य मापदण्ड पालनामा जोड

हिमालय टिभी
२०७८ भदौ १६ गते १५:१०
काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा हट्ने, स्वास्थ्य मापदण्ड पालनामा जोड

१६ भदौ २०७८ काठमाडौं । कोभिड नाइन्टिन संक्रमण जोखिमका कारण काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलिदेखि हट्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा पूर्णरुपमा हटाउदै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न नयाँ आदेश जारी गरेको हो ।

भोलिदेखि भदौ मसान्तसम्म लागू हुने गरी जारी भएको आदेशमा काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन नगराउने, तर गराउनैपर्ने अवस्थामा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न आग्रह गरिएको छ।

यस्तै अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड तथा सभा जुलुस गर्ने, जात्रा महोत्सव तथा भोज नगर्न आग्रह गरिएको छ ।

यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै न्यूनतम सहभागितामा मनाउन समेत आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *