Main News

मन्त्री बनेको १५ दिन पनि नपुग्दै पदबाट राजीनामा

हिमालय टिभी
२०७८ भदौ १६ गते १३:२८
मन्त्री बनेको १५ दिन पनि नपुग्दै पदबाट राजीनामा

१६ भदौ २०७८ काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले १५ दिन नपुग्दै पदबाट राजीनामा दिनुभएको छ ।

नेकपा एमालेकातर्फबाट मन्त्री बनेका खनालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि आज मन्त्रीबाट राजीनामा दिनुभएको हो ।

खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानून एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहनुभएको छ ।

खनालसहितका बागमती प्रदेशसभाका १२ सदस्यले निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

निवर्तमान मन्त्री खनालले मुख्यमन्त्रीलाई काम गर्न सहज होस् भनेर राजीनामा बुझाएको बताउनुभएको छ । मुख्यमन्त्री र आफ्नो दल फरक परेकाले आज बिहान राजीनामा दिएको खनालको भनाइ छ ।

पार्टी फुटको तहसम्म पुग्दा एउटै विचार समूहमा रहेका मुख्यमन्त्री अर्को समूहमा लागेपछि राजीनामा दिएको खनालले प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *