Main News
अबको तीन दिन दिउँसो कम पानी पर्ने
२०७८ भदौ १६ गते ९:०३
![अबको तीन दिन दिउँसो कम पानी पर्ने](https://www.himalayatv.com/wp-content/uploads/2019/07/barsha.jpg)
१६ भदौ २०७८ काठमाडौंं । अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।
यसअघि देशभरी नै वर्षा गराएको प्रणाली कमजोर भएकाले अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठले आज दिउँसो देशभर सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो ।
यस्तै राति प्रदेश १ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनमा दिउँसोभन्दा राति धेरै पानी पर्ने भएकाले एकदुई ठाउँमा ठूलो पानी पर्नसक्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया