Main News

नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार ७ सय बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

हिमालय टिभी
२०७८ भदौ १६ गते ७:३२
नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार ७ सय बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

१६ भदौ २०७८ काठमाडौं । नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार सात सय ६१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार ५३ लाख ३९ हजार दुई सय ५२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

नेपालमा गएको माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको हो । पछिल्लो पटक ८५ हजार एक सय २८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको डा गौतमले जानकारी दिनुभयो ।

अहिले प्रदेश १ र २ मा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका खोप दिइरहेको र सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा। गौतमले जानकारी दिनुभयो ।

पछिल्लो पटक गत शुक्रवार बेलायतबाट एक लाख ३० हजार मात्रा एस्ट्राजेनेका खोप प्राप्त भएको उहाँले बताउनुभयो ।

अहिले मौज्दात रहेको झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान पनि चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *