राजनीति

पौडेल समूहले टुंग्याउन सकेन सभापतिको उम्मेदवार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १५ गते २०:५१
पौडेल समूहले टुंग्याउन सकेन सभापतिको उम्मेदवार (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट २ जना र संस्थापनइतर समूहबाट ४ जना गरी ६ जना सभापतिको दाबेदार छन् ।

संस्थापन पक्ष अर्थात शेरबहादुर देउवाले दोहोरिने तयारी गरेपछि २५ वर्षको सहकार्य तोड्दै विमलेन्द्र निधिले सभापतिमा उठ्नका लागि तयारी थालिसक्नुभएको छ । संस्थापनइतर समूह मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट ४ जना दाबेदार छन् ।

आफूपक्षबाट सहमतिमै एक जना सभापतिको उम्मेदवार घोषणा गर्ने गरी पौडेल समूहले छलफल तीव्र पारेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । क्रियाशील सदस्यताको विवाद टुंगोमा पुग्ने अवस्था बनेसंगै गुटगत भेला र बैठकहरु तीव्र बनेका छन् । खास गरी महाधिवेशनमा आफ्नो पक्षबाट कस्लाई सभापति र पदाधिकारीको उम्मेदवार बनाउने भन्ने बिषयमा छलफल बढि केन्द्रित देखिन्छ ।

सहमतिमै आफ्नो पक्षबाट एकजना मात्रै सभापतिको उम्मेदवार चयन गर्न संस्थापनइतरका शिर्ष नेताको बैठक बोहोराटारस्थित वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा पटक पटक बस्दै आएको छ । तर यो बैठकले सहमति जुटाउन सकेको छैन । मंगलबारको बैठकले पनि सोही निरन्तरता पायो ।

यो समूहबाट सभापतिमा दाबेदार रहेका पौडेल, महामन्त्री शंशाक कोइराला, पूर्वमहामन्त्री प्रकाशमानसिंह र केन्द्रीय सदस्य डा।शेखर कोइराला चारै जनाले आफ्नो दाबी छाड्नु भएको छैन । वडा, गाउँ, जिल्ला र प्रदेशका अधिवेशन बांकी नै रहेकाले अन्तिमसम्म सहमतिका लागि प्रयास गर्ने यो समूहको योजना छ ।

आफू पछि हट्न संकेत नगरे पनि चारै जना दाबेदार संस्थापनइतर समूहबाट एकजना मात्रै सभापतिको उम्मेदवार बन्नुपर्नेमा एकमत छन् ।

संस्थापनपक्षबाट सभापतिमा देउवाले पुन दोहोरिने बताएपछि संस्थापनइतरमा सहमतिमै सभापतिसहित पदाधिकारीहरुको उम्मेदवार तय गर्नुपर्ने दवाव छ । तर यो समूहलाई एक जना मात्र उम्मेद्वार छनौट गर्न कठिक हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्