राजनीति

सुदूरपश्चिम प्रदेशमा १० एमाले सांसदले एकीकृत समाजवादी रोजे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १५ गते १८:४५
सुदूरपश्चिम प्रदेशमा १० एमाले सांसदले एकीकृत समाजवादी रोजे (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । एमाले विभाजनपछि सुदूरपश्चिमका प्रदेश सांसद कित्ता क्लियर गर्न थालेका छन् ।

एमालेका १० सांसदले प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नेकपा ९एकीकृत समाजवादी०का नाममा सनाखत गरेका हुन् ।

भोलि यो संख्या बढेर १४ जना पुग्ने समाजवादीका नाममा सनाखत गरेका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले प्रदेशमा एकीकृत समाजवादी सवै भन्दा ठूलो दल हुने दाबी गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले भदौ २२ गते पछि सरकारका विषयमा छलफल हुने बताउनुभयो ।

विगतमा माधवकुमार नेपाल समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गर्नु भएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उहाँहरुले पनि नेपालको साथ छाडेको चर्चा छ ।

यसअघि प्रदेश सभामा रहेका एमालेका सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल समूहमा खुलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्