Main News

बागमतीको प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका पाण्डेको दावी

हिमालय टिभी
२०७८ भदौ १५ गते १८:३४
बागमतीको प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका पाण्डेको दावी

१५ भदौ २०७८ काठमाडौं । माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गर्नु भएको छ ।

आज नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दावी रहेको प्रतिक्रिया दिनु भएको हो ।

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले १२ जना सांसदले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउन साथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पार्नु भयो ।

आगामी भदौं २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरुको संख्या सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले सो संख्या सार्वजनिक गर्ने बित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्नेछ । त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने नेता पाण्डेले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सनाखत भएको छ, अरु साथीहरु पनि थप हुन्छन् । २३ गते हाम्रो प्रदेशमा कति जना यो दलमा भयो भनेर नाम दिन्छ । त्यो नाम दिएपछि त्यसपछि हामी हाम्रो दलको तर्फबाट यहाँ संसद सचिवालयमा पेश गर्छाै, हाम्रो दलको संख्या यति छ भनेर । र हामी नेकपा एमालेमा छैनौं भनेर पेश गर्छौं । त्यो पेश गरेको दिनदेखिनै अहिलेको सरकार अल्पमतमा प¥यो । यो सरकारको अर्को ठाउँ छैन । अरु सांसद थपेर सरकार अड्याउने कुनै ठाउँ हुँदैन । अवको सरकार मेरै नेतृत्वमा बन्छ । पार्टीको तर्फबाट त मलाईनै अघि सारिएको छ । सबै दलको सहमतीको क्यान्डिडेट हो म ।’

नेता पाण्डेले सत्तारुढ दलहरु सबैले मुख्यमन्त्रीमा आफूलाई सहमति दिएको पनि बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *