Main News

कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, १६६४ संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ १५ गते १७:२१
कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, १६६४ संक्रमित थपिए

१५ भदौ २०७८ काठमाडौं । नेपालमा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ ।

१२ हजार २ सय २२ जनाको एन्टिजेन तथा पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा काठमाडौंमा सबैभन्दा धेरै ४ सय १३ जना छन् ।

त्यस्तै ललितपुरमा ८७ तथा भक्तपुरमा ६४ सहित उपत्यकामा थप ५ सय ६४ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै कास्कीमा १ सय २७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो पटक १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएपछि हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये ५ सय ३७ जना आईसीयू र १ सय ६४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक ८५ हजार १ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा पूर्ण खोप लगाउनेको संख्या ४४ लाख ५९ हजार ७ सय ६१ पुगेको छ । पहिलो डोजमात्र लगाउनेको संख्या ५३ लाख ३९ हजार २ सय ५२ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *