Main News

बाँकेमा परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १५ गते १४:२३
बाँकेमा परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप  (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । नेपालमा करिब ६९ प्रतिशत नागरिकमा कोरोनाविरुद्धको एन्टिबडी पाइएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै कोरोना विरुद्धको एन्टिबडीको विषयमा जानकारी गराएको हो ।

सरकारले सेरोप्रेभलेन्स सर्भे मार्फत एन्टिबडी विकास भएको पुष्टि गरेको हो । सरोप्रेभलेन्स सर्भे र कोरोना विरुद्धको एन्टिबडी विकासको विषयमा सहकर्मी विनोद थापा र सृजना बरालले सर्भेमा सहभागी इन्टरप्याड नेपालका अध्यक्ष, डाक्टर समीरमणि दीक्षितसँग कुराकानी गरेका छन्–

१४ भदौ २०७८ बाँके । बाँकेमा परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिएको छ । सरकारले परीक्षा दिने विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप दिन थालेको हो । खोप पाएपछि विद्यार्थी खुसी भएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण पटक पटक परीक्षा स्थगित भएको थियो । अहिले खोप लगाउन पाउँदा विद्यार्थी खुसी छन् ।

बाँकेमा अहिलेसम्म कोरोना विरुद्धको पहिलो डोज खोप ३२ प्रतिशत र दुबै डोज १८ प्रतिशतले मात्रै लगाएका छन् । कोरोनाविरुद्ध लड्न खोपको विकल्प नभएको चिकित्सकको भनाइ छ ।

बाँकेमा अहिलेसम्म कोरोनाको कारण ३ सय २९ जनाको मृत्यु भैसकेको छ । अहिले पनि १ सयभन्दा बढी जना सक्रिय संक्रमित छन् भने ४८ जना अस्पतालमा छन् । दोस्रो लहरमा नराम्रोसँग थला परेको बाँकेमा खोप अभियान तिव्र बनाउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *