Main News

गोकर्णेश्वरमा आजदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

हिमालय टिभी
२०७८ भदौ १५ गते ८:२१
गोकर्णेश्वरमा आजदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

१५ भदौ २०७८ काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले आजदेखि विद्यालय सञ्चालन गर्न सक्ने भन्दै अनुमति र परिपत्र जारी गरेको छ ।

आजदेखि सरकारी र सामुदायिक दुबै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ ।

स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिकाले अनुमति दिएको नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकामा सञ्चालित निजी विद्यालयहरुले भौतिकरुपमै विद्यालय सञ्चालनका लागि अनुमति माग गर्दै निवेदन दिएका थिए । निवेदनमाथि छलफल गर्दै नगरपालिकाको शिक्षा समितिले आजदेखि विद्यालय खोल्न सक्नेगरी अनुमति दिएको हो ।

यदि कुनै विद्यालयमा संक्रमण फैलियो भने उक्त विद्यालय तत्काल बन्द गरिनेछ र कुनै टोलमा संक्रमण बढेको पाइएमा पनि टोलका विद्यालय बन्द गर्न सक्ने छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले पनि करिब ३ साताअघि शिक्षा सचिवलाई भेटेर भौतिकरुपमै विद्यालय खोल्ने व्यवस्था गरिदिन आग्रह गरेको थियो ।

प्याब्सनले निवेदन नै दिएर शिक्षा सचिव र स्वास्थ्य राज्यमन्त्रीलाई विद्यालय सञ्चालनको व्यवस्था गरिदिन आग्रह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *