Main News

अचानक प्रदीप नेपालले किन छाडे माधव नेपालको साथ ?

हिमालय टिभी
२०७८ भदौ १४ गते १५:१४
अचानक प्रदीप नेपालले किन छाडे माधव नेपालको साथ ?

१४ भदौ २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छोड्नुभएको छ ।

फेसबुकमार्फत नेपालले माधवकुमार नेपालले धोका दिएका भन्दै एकीकृत समाजवादी छोडेको घोषणा गर्नुभएको हो ।

पार्टीको मार्गदर्शक सिद्धान्तमा बहुदलीय जनवाद उल्लेख हुनुपर्ने आफ्नो अडान रहेको र बहुदलीय जनवाद नभएकाले आफू पार्टीमा नरहेको नेपालले उल्लेख गर्नुभएको छ ।

माधवकुमार नेपालबाट आफूले धोका पाएकाले विदा भएको नेता प्रदीप नेपालको गुनासो छ । माधवकुमार नेपाललाई सम्बोधन गर्दै नेता प्रदीप नेपालले नेपालले झेली कुरा गर्न सिकेको टिप्पणी गर्नुभएको छ ।

तर आफू केपी शर्मा ओलीसँग पनि नजाने नेपालले प्रष्ट पार्नुभएको छ । ओलीमा तानाशाही प्रवृत्ति भएको र आफू त्यसको सधैं विरोधी भएकाले एमालेमा नजाने उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *