Main News

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते

हिमालय टिभी
२०७८ भदौ १४ गते ९:५८
धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते

१४ भदौ २०७८ धादिङ । धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

धादिङको गजुरी गाउँपालिका– ५ बञ्चरेडाँडा (धारापानी) मा एनसेलको तार छिनेको र बनाउन जाने क्रममा विद्युत प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा स्याङजा घरका विमल परियार र पोखराका उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखराकै भुवन बराल रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *