Main News

देवकोटाको घरसँग जोडिएका पुरातात्विक महत्वका धरोहरको संरक्षण गर्न आदेश

हिमालय टिभी
२०७८ भदौ १३ गते १९:२०
देवकोटाको घरसँग जोडिएका पुरातात्विक महत्वका धरोहरको संरक्षण गर्न आदेश

१३ भदौ २०७८ काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरसँग जोडिएका पुरातात्विक महत्वका धरोहर संरक्षण गर्न आदेश दिएको छ ।

पुरातात्विक महत्वको देवकोटाको घर भत्काउनु गलत भएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले देवकोटाको घरको पुरातात्विक महत्वको सामानको संरक्षणका लागि समन्वय गर्न पुरातत्व विभागलाई पनि आदेश दिएको हो ।

काठमाडौंको मैतीदेवीस्थित महाकवि देवकोटाको घर पुनर्निर्माणका लागि भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले हाल पुरानो घर भत्काइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *