Main News

अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुन्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १३ गते १६:४०
अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुन्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

आज संसदीय दलको बैठक पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरुभित्र छलफल र परामर्श चलिरहेको भन्दै अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘विस्तार किन रोकिएको भन्ने बारेमा भनिरहनु परेन । विभिन्न पार्टीहरुभित्र छलफल, परामर्श, चलिराछ । सबै आन्तरिक रुपमा पनि कतिपय कामहरुमा जुट्नु भएको छ । कसैको महाधिवेशन छ । कोही पार्टी निर्माणको क्रममा जुट्नुभएको छ । कोही पार्टी विस्तारको क्रममा जुट्नुभएको छ । यो सबै कारणले गर्दा स्थिति बनेको हो । अब छिट्टै यसको पनि निराकरण हुनेछ । अब छिटो भन्दा छिटो हुन्छ ।’

अध्यक्ष नेपालले कोही महाधिवेशन तयारीमा जुट्नु परेको र कोही पार्टी निर्माण र विस्तारकै क्रममा रहेकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *