Main News
मंगलबारदेखि नेपाल–श्रीलंका सिधा हवाइ उडान शुरु हुने
२०७८ भदौ १३ गते १३:२५
१३ भदौ २०७८ काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ ।
नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिनुभएको छ ।
श्रीलंकाको राष्ट्रिय ध्वाजाबाहक श्रीलंकन एयरले यो उडान गर्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हप्ताको दुई दिन मंगलबार र शनिबार काठमाडौं–कोलम्बो उडान हुनेछ ।
काठमाडौंकोलम्बोको भाडादर न्यूनतम ५ सय ९९ देखि अधिकतम १ हजार १ सय ५८ डलरसम्म तोकिएको छ ।
प्रतिक्रिया