Main News

यो वर्ष मनसुन शुरु भएयता ९० जनाको मृत्यु, ४५ जना अझै बेपत्ता

हिमालय टिभी
२०७८ भदौ १३ गते ७:४६
यो वर्ष मनसुन शुरु भएयता ९० जनाको मृत्यु, ४५ जना अझै बेपत्ता

१३ भदौ २०७८ काठमाडौं । यो वर्षको मनसुन शुरु भएदेखि अहिलेसम्म बाढीपहिरोका कारण ९० जनाको मृत्यु भएको छ ।

बाढी पहिरोबाट जेठ ३१ देखि हालसम्म ४५ जना बेपत्ता र ९६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ ।

४० जिल्लामा ७ सय ५९ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १६८ वटा घरमा आंशिक क्षति भएको छ । बाढी पहिरोबाट हालसम्म ६३ वटा जिल्ला प्रभावित भएका छन् ।

बाढीपहिरोका कारण ३७ वटा सरकारी कार्यालय, १५ वटा सामुदायिक भवन–स्कुल, २५ वटा जलविद्युत आयोजना, २९ वटा मोटरेबल पुलमध्ये ७ वटा काठेपुल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण तीन हजार एक सय ८० घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यस अवधिमा एक हजार १३० विपद्का घटनाबाट एक हजार २०९ घर परिवारका पाँच हजार ९२४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *