Main News
अफगानिस्तानबाट थप ८ जना नेपालीको उद्धार
२०७८ भदौ १२ गते १८:४१

१२ भदौ २०७८ काठमाडौं । अफगानिस्तानबाट आज थप ८ नेपालीलाई उद्धार गरिएको छ ।
परराष्ट्र मन्त्रालयले आज थप ८ जनाको उद्धार गरिएको र काबुलमा उद्धार उडानको पर्खाइमा रहेका ३४ जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।
मन्त्रालयले काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेकोसमेत बताएको छ ।
अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको सिचुएशन रुम र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया