Main News

कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु, १८ सय ५७ संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ १२ गते १७:०५
कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु, १८ सय ५७ संक्रमित थपिए

१२ भदौ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणदर केही कम भएको छ । पछिल्लो पटक परीक्षण गरिएकामा १५ प्रतिशत भन्दा कममा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार १ सय ७६ परीक्षण गर्दा १८ सय ५७ जना संक्रमित पहिचान भएका छन् ।

काठमाडौं उपत्यकामा पनि सक्रमण केही घटेको छ । उपत्यकाका तीन जिल्लामा ५ सय ४९ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ३ सय ७०, ललितपुरमा १ सय १२ र भक्तपुरमा ६७ जना छन् ।

काठमाडौं उपत्यका बाहिर कास्कीमा १ सय २४, सुनसरीमा १ सय १८, झापामा १ सय १५ तथा चितवनमा १ सय १२ संक्रमित थपिएका छन् । संक्रमण केही घटे पनि मृत्यु हुनेको संख्या भने उस्तै छ ।

पछिल्लो पटक थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ९० पुगेको छ । पछिल्लो पटक २२ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ३६ हजार ८ सय ६६ मा झरेको छ । ति मध्ये ६ सय १५ जनाको आइसीयू र १ सय ७४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *