Main News

मन्त्रिपरिषद् विस्तारका बारेमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल

हिमालय टिभी
२०७८ भदौ १२ गते १३:०२
मन्त्रिपरिषद् विस्तारका बारेमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल

१२ भदौ २०७८ काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्नेबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटले जानकारी दिनुभयो। लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन् ।

गठबन्धन सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन । आफूलाई विश्वासको मत दिने तत्कालीन एमालेको माधव नेपाल पक्षको नयाँ दल दर्ता भइसकेकाले प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको हो ।

नेपालको दल पनि सरकारमा सहभागी हुने बताइएको छ। सत्ता गठबन्धनमा रहेका कांग्रेसले प्रधानमन्त्रीसहित ७ तथा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ६६ मन्त्रालय पाउने लगभग पक्का भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *