Main News

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

हिमालय टिभी
२०७८ भदौ ११ गते १८:२२
प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

११ भदौ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २ सय ६७ को उपधारा ५ बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।

यसअघि उहाँ कायममुकायम प्रधानसेनापति हुनुहुन्थ्यो । पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि यही भदौ २४ गते समाप्त हुँदैछ ।

पदावधि समाप्त हुने एक महिना अघिदेखि उहाँ विदा बस्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *