Main News
प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त
२०७८ भदौ ११ गते १८:२२

११ भदौ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २ सय ६७ को उपधारा ५ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।
यसअघि उहाँ कायममुकायम प्रधानसेनापति हुनुहुन्थ्यो । पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि यही भदौ २४ गते समाप्त हुँदैछ ।
पदावधि समाप्त हुने एक महिना अघिदेखि उहाँ विदा बस्नुभएको छ ।
प्रतिक्रिया