लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ सांसद र ३१ केन्द्रीय सदस्यको सनाखत

९ भदौ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भएर नयाँ दल दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर पक्षका ३१ जनाले सनाखत गरेका छन्।
जसपाबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा १४ जना संघीय सांसद खुलेका छन् । प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका एक जनाले निर्वाचन आयोग पुगेर हस्ताक्षर गरी महन्थ ठाकुरलाई साथ दिएका हुन् ।
सांसद महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंहले नयाँ दलका पक्षमा हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेको वरिष्ठ नेता शरतसिंह भण्डारीले बताउनुभयो ।
जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना ठाकुर पक्षमा थिए । सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया