Main News

नेकपा एकीकृत समाजवादीका पक्षमा ५५ जना केन्द्रीय सदस्यको सनाखत

हिमालय टिभी
२०७८ भदौ ९ गते १५:००
नेकपा एकीकृत समाजवादीका पक्षमा ५५ जना केन्द्रीय सदस्यको सनाखत

९ भदौ २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादी दर्ता गर्न साविक एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोग पुगेर उनीहरुले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर सनाखतका लागि दिइएको समय बाँकी नै रहेकाले यो संख्या बढ्ने बताइएको छ । निर्वाचन आयोग स्रोतका अनुसार संघीय संसद्का सदस्यतर्फ भने ३० जनाले हस्ताक्षर गरेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो ।

अरु एमालेबाट विभाजित भएर नयाँ पार्टीको मान्यता पाउन केन्द्रीय समितिमा ४१ वा संसदीय दलमा ३१ सदस्य पुग्नुपर्छ । नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले दल दर्ताका लागि चाहिने आवश्यक संख्या पुगिसकेको बताउनुभएको छ ।

झलनाथ खनालले दिल्लीबाटै हस्ताक्षर पठाएको बताइएको छ भने प्रदीप नेपाल निर्वाचन आयोग पुगेरै हस्ताक्षर गर्नुभएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमकी श्रीमती एव सांसद तुलसा थापा नयाँ पार्टीका पक्षमा खुल्नुभएको छ ।

यसले गौतम पनि यही पार्टीमा जाने प्रष्ट भएको छ । अहिले थपिन गएका सांसद सोमप्रसाद पाण्डे, शारदादेवी भट्ट, तुलसा थापा र माया ज्ञवालीको हस्ताक्षर के गर्ने भन्ने विषयमा छलफल भैरहेको छ ।

एकीकृत समाजवादीले थपिन आएकालाई आयोगले रोक्न नमिल्ने बताएको छ भने निर्वाचन आयोगले शुरुमा दर्ता गर्दा निवेदन दिएका ५८ जनामध्येबाटै सनाखत हुने बताइरहेको छ ।

हस्ताक्षरका लागि माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्टबाट टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *