Main News

सर्वोच्चबाट पुनर्थापित संसदले माखो पनि मार्न नसकेको एमाले अध्यक्ष ओलीको टिप्पणी

हिमालय टिभी
२०७८ भदौ ९ गते १३:१४
सर्वोच्चबाट पुनर्थापित संसदले माखो पनि मार्न नसकेको एमाले अध्यक्ष ओलीको टिप्पणी

९ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले पुनर्स्थापना गरेपनि संसदले अहिलेसम्म कुनै माखो मार्न नसकेको टिप्पणी गर्नुभएको छ ।

आज भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पछिल्लो संसदको मान मर्दन हुने गरी टिप्पणी गर्नुभयो

अध्यक्ष ओली आफ्नो सिफारिस अनुसार एमालेका १४ जना सांसदलाई पदबाट नहटाएकोमा सभामुख अग्नीप्रसाद सापकोटाप्रति पनि आक्रोशित हुनु भयो ।

ओलीले सरकारले काम नै गर्न नसकेको पनि बताउनुभयो । विगतको आफ्नो सरकारलाई काम गर्न नदिएको तर अहिलेको सरकार काम नै गर्न नचाहेको उहाँको आरोप छ ।

एमाले प्रवेश गरेका माओवादीका सांसदलाई दलको सिफारिसमा २४ घन्टाभित्रै पदमुक्त गर्ने सभामुखले एमालेको सिफारिस अनुसार नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नु पर्ने एमालेको माग छ ।

सभामुखले भने एमालेले सिफारिस गरेका सांसदलाई पदमुक्त गर्ने बारेमा आफू अध्ययन र कानूनविद्सँग छलफलमा रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *