Main News

माधव नेपाललाई मूल घरमा फर्कन एमाले अध्यक्ष ओलीको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ९ गते १३:०४
माधव नेपाललाई मूल घरमा फर्कन एमाले अध्यक्ष ओलीको आग्रह (भिडियो रिपोर्टसहित)

९ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका माधवकुमार नेपाललाई मूल घरमा फर्किन फेरि आग्रह गर्नुभएको छ ।

नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका बेला च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले मूल घरमा फर्किन भन्नुभएको हो ।

पत्रकार सम्मेलनमा ओलीले जारी गरेको प्रेस वक्तव्य वाचन गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वक्तव्यमा विभाजनको बाटो हानिकारक भएकाले त्यो बाटो नअपनाउन भनिएको जानकारी दिनुभयो ।

पार्टीको विवाद समाधानका लागि गठन भएको कार्यदलले गरेको दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पार्टीको स्थायी कमिटी बैठकले गरिसकेको ओलीको विज्ञप्तिमा उल्लेख छ ।

एमाले पार्टी संरचना २०७५ साल जेठ २ अगाडिको अवस्थामा क्रियाशील हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *