राजनीति

चन्द्रागिरिमा के गर्दैछन् नेकपा एकीकृत समाजवादीका नेताहरु ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ८ गते २०:४९
चन्द्रागिरिमा के गर्दैछन् नेकपा एकीकृत समाजवादीका नेताहरु ? (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । नेकपा एमाले छाडेका नेताहरु नेकपा एकीकृत समाजवादी गठनका गरेका नेताहरु हिजोदेखि नै चन्द्रगिरिमा छन् । निर्वाचन आयोगमा सनाखतका लागि भोलि उपस्थित हुने तयारीमा रहेका यी नेताहरु चन्द्रागिरिमा के गर्दै छन् त ?

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई तपाइँहरु चन्द्रागिरिको रिसोर्टमा बसेर के गर्दै हुनुहुन्छ भनेर सोधेपछिको जवाफ हो यो । पाण्डेका अनुसार नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय समितिको बैठकका लागि नेताहरु चन्द्रागिरिमा पुगेका हुन् । बैठकले पार्टीको विधान तयार गरेको छ ।

यस्तै बैठकले पार्टीको सिद्धान्त पनि तयार गरेको छ । र पार्टीले अपनाउने समाजवाद कस्तो हुने हो भन्ने बारेमा नेताहरुबीच गहन छलफल चलिरहेको छ । छलफलपछि यो बैठकले समाजवादको एउटा खाका बनाउने छ ।

नेकपा (एकीकृत समाजवादी) गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् र आयोगले सनाखतका लागि भोलि बोलाएको छ । त्यसैले भोलि बैठक सकेर सबै नेताहरु चन्द्रागिरिबाट सिँधै निर्वाचन आयोग जाने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्