राजनीति

तेस्रो धारका भनिएका नेताहरु ओलीमै मिसिए, स्थायी कमिटीको बैठकबाट मुस्कुराउँदै निस्किए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ८ गते २०:४३
तेस्रो धारका भनिएका नेताहरु ओलीमै मिसिए, स्थायी कमिटीको बैठकबाट मुस्कुराउँदै निस्किए (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । नेकपा एमालेको तेस्रो धारले आफू संस्थापन पक्षमा समाहित भएको प्रष्ट सन्देश दिएको छ । योसँगै यो समूहको माधवकुमार नेपालसँग औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको छ ।

संस्थापन पक्षसहित स्थायी कमिटी बैठक बसेर नेपाललाई एकताका लागि अपील गरेको यो समूहले बैठक सकेपछि अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक तस्वीर समेत खिचाएको छ ।

पार्टीलाई ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन र विवाद समाधानका लागि तयार पारिएको १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै असन्तुष्ट समूहले लगातार बैठक बहिस्कार गर्दै आएको थियो । तर आठ महिनापछि दश जना नेताहरु एमालेको बैठकमा सहभागी भए । र, वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई बधाई र शुभकामना दिँदै बैठक शुरु भयो ।
पज

अध्यक्ष केपी शर्मा ओली माग पुरा गर्न सहमत भएपछि उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरा बैठकमा सहभागी हुनुभयो ।

०७५ जेठ २ को बैठक भनिएपनि यो बैठकमा पूर्व माओवादी नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी हुनुभयो ।

पहिले पूर्व माओवादी नेतालाई बाहिर राखेर बैठक बस्नुपर्छ भनेर अडान राखेको यो समूहका नेताहरु माधवकुमार नेपाललाई छोडेपछि मंगलवार कुम जोडेर सौहार्दपूर्ण ढंगले बैठकमा बसे ।

यो बैठकले ०७५ जेठ २ को संगठनात्मक संरचना सक्रिय पार्ने र १० बुँदे सहमति कार्यान्यवन गर्न कार्यदल समेत बनायो । र यो निणयसँगै नेकपा एमालेको तेस्रो धारले आफू संस्थापन पक्षमा समाहित भएको र माधवकुमार नेपालसँग औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको प्रष्ट सन्देश दिएको छ ।

संस्थापन पक्ष सहित स्थायी कमिटी बैठक बसेर नेपाललाई एकताका लागि अपील गरेको यो समूहले बैठक सकेपछि अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक तस्विर समेत खिचाएपछि त्यो प्रष्ट भएको छ । तर तेस्रो धारले देखाएको पछिल्लो व्यवहारले उनीहरुले ०७५ जेठ २ का बारेमा संगठनात्मक संरचनाबारे गरेको व्याख्या भने अष्पष्ट थियो भन्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्