Main News

प्रदेशसभा सदस्य न्यौपाने र पन्थीको पद थमौती गर्न सर्वोच्चद्वारा अस्वीकार

हिमालय टिभी
२०७८ भदौ ८ गते १७:०८
प्रदेशसभा सदस्य न्यौपाने र पन्थीको पद थमौती गर्न सर्वोच्चद्वारा अस्वीकार

८ भदौ २०७८ काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीको पद थमौती गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले नेकपा माओवादीले कारबाही गरेपछि पद गुमाएका न्यौपाने र पन्थीलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

नेकपा एमालेमा प्रवेश गरेपछि यी दुई सांसदलाई माओवादी केन्द्रले गत चैत २२ गते निष्कासनको कारवाही गरेको थियो ।

यो निर्णयले आफुहरुलाई अपूरणीय क्षति भएको भन्दै न्यौपाने र पन्थीले कारबाही कार्यान्वयन नगर्न र सांसद पद पुनर्बहालीको अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुग्नु भएको थियो ।

तर सर्वोच्चले न्यौपाने र पन्थी नेकपा एमालेमा प्रवेश गरिसकेको देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघि एमालेमा प्रवेश गरेका प्रभु शाह, लेखराज भट्टलगायतको मुद्दामा अन्तरिम आदेश जारी नभएको र सर्वोच्चले अन्तिम किनारा लाग्दा यस विषयमा निर्णय हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश जारी नहुने उल्लेख गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *