Main News

उपत्यकामा राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाइने

हिमालय टिभी
२०७८ भदौ ८ गते १५:२०
उपत्यकामा राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाइने

८ भदौ २०७८ काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटाएका छन् ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन चलाउन नपाउने यसअघिको व्यवस्था हटाएका हुन् ।

आदेशमा यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई आगामी भदौ १६ सम्म यथावत राखिएको छ ।

तर प्रशासनले जारी गरेको आदेश सरकारी निकाय र विभिन्न राजनीतिक दलले उल्लंघन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *