Main News

एमाले विभाजन रोक्न राष्ट्रपति भण्डारी सक्रिय, नेता नेपालसँग भेट

हिमालय टिभी
२०७८ भदौ ७ गते १९:०२
एमाले विभाजन रोक्न राष्ट्रपति भण्डारी सक्रिय, नेता नेपालसँग भेट

७ भदौ २०७८ काठमाडौं । नेकपा एमालेलाई विभाजनबाट जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुनुभएको छ ।

यसैक्रममा राष्ट्रपति भण्डारीले प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आज भेटेर पार्टी विभाजन नगर्न आग्रह गर्नुभएको छ ।

शीतल निवासमा करिब २ घण्टा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले अझै पनि मिलनविन्दु खोजेर एकता कायम गर्न नेपाललाई आग्रह गर्नुभएको बताइएको छ ।

नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न बोलाएको समयभन्दा दुई दिन अघि एकताको प्रयासका क्रममा राष्ट्रपति भण्डारीले नेपालसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीकै कारण नयाँ पार्टी बनाउनु परेको भन्दै अब तत्काल मिल्न संभव नरहेको जवाफ दिनुभएको उहाँ निकटका नेताले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *