Main News

भारतीय सत्तारुढ दलका नेता चौथाइवा आकस्मिक रुपमा किन आए नेपाल ?

हिमालय टिभी
२०७८ भदौ ६ गते १९:१४
भारतीय सत्तारुढ दलका नेता चौथाइवा आकस्मिक रुपमा किन आए नेपाल ?

६ भदौ २०६८ काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले आकस्मिक रुपमा नेपाल आउनुभएको छ ।

उहाँ आज एअर इण्डियाको जहाजबाट काठमाडौं आउनु भएको हो । यात्राको उद्देश्य र भेटघाटका पात्रहरु नखुलाई भारतीय दूतावासले चौथाइवाले नेपाल आउन लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिन परराष्ट्र मन्त्रालयलाई आजै बिहान पत्र लेखेको थियो ।

चौथाइवालेको भ्रमणको उद्देश्य खुलेको छैन । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि माथिल्लो स्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो । चौथाईवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिनुहुन्छ ।

चौथाइवाले यसअघि गत मंसिरमा विमान सेवा नखुल्दा पनि भैरहवा हुँदै स्थलमार्गबाट नेपाल भ्रमणमा आउनु भएको थियो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणमा आएका चौथाइवालेले तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित उहाँ निकट नेताहरुसँग पनि भेट गर्नुभएको थियो । जुन भ्रमणको पार्टीभित्रै विरोध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *