Main News

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु, १९२० संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ ६ गते १६:५२
कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु, १९२० संक्रमित थपिए

६ भदौ २०६८ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा नेपालमा पीसीआर र एन्टिजेन गरी १२ हजार ५ सय १६ जनाको परीक्षण गर्दा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौंमा ३ सय ९५ जना छन् । यस्तै ललितपुरमा १ सय १० र भक्तपुरमा ६१ सहित उपत्यकामा ५ सय ६६ जनामा कोरोना देखिएको छ ।

उपत्यकाबाहिर कास्कीमा सबैभन्दा धेरै ३ सय १ जनामा कोरोना पुष्टि भएको छ भने चितवनमा २ सय १७, झापामा १ सय ५२ तथा मोरङमा १ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल देशभर ३८ हजार ७ सय ५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । २ हजार २ सय ४८ जना कोरोनामुक्त भएका छन् ।

विगत २४ घण्टामा देशभर जम्मा १८ हजार ३ सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म साढे ३८ लाखले पूर्ण खोप प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *