Main News

आज प्रदेश १ मा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ भदौ ६ गते ९:११
आज प्रदेश १ मा भारी वर्षाको सम्भावना

६ भदौ २०७८ काठमाडौं । आज प्रदेश एकमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा मनसुनी वायुको सामान्यप्रभाव रहेको छ । न्युन चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको हुनाले हाल देशभर सामान्य बदली रही प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर मौसम सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वादुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *