Main News

बारामा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

हिमालय टिभी
२०७८ भदौ ६ गते ९:००
बारामा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

६ भदौ २०७८ बारा । बाराको जितपुरमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा गएराति दुईवटा मोटरसाइकल ठोक्किएको बारा प्रहरीले जनाएको छ ।

दुबै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका९ का १६ वर्षीय विकास साहको मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैना देवी साहको पनि ज्यान गएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *