Main News

अफगानिस्तानबाट उद्धार गरिएका थप नेपाली आज स्वदेश फर्कँदै

हिमालय टिभी
२०७८ भदौ ५ गते १३:१२
अफगानिस्तानबाट उद्धार गरिएका थप नेपाली आज स्वदेश फर्कँदै

५ भदौ २०७८ काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप नेपाली आज स्वदेश फर्कंदैछन् ।

आज बेलुकासम्म दुईवटा उडानमार्फत थप नेपाली फर्कन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुल छाडिसकेका करिब एक हजारमध्ये ५ सय ३० जना विभिन्न मुलुकमा ट्रान्जिट र क्वारन्टिनमा रहेकाले उनीहरु आज स्वदेश फर्कने मन्त्रालयको भनाइ छ ।

त्यस्तै अफगानिस्तानबाट हिजोरसम्म ४ सय ६१ नेपालीको उद्धार भएको छ । रोजगारीका लागि अफगानिस्तान पुगेका ९ भारतीयसहित ४ सय ७० जना हिजोसम्म काठमाडौं आइपुगेका छन् ।

उता हिजो साँझसम्म ३ सय १० जना नेपालीले उद्धारका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *