Main News

परीक्षामा सामेल हुने विद्यार्थीलाई भेरोसेल खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ४ गते २०:३०
परीक्षामा सामेल हुने विद्यार्थीलाई भेरोसेल खोप (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । परीक्षामा सामेल हुने विद्यार्थीलाई आजदेखि भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिएको छ ।

कक्षा ११ र १२ को परीक्षा दिने विद्यार्थी साथै विश्वविद्यालयका परीक्षामा सामेल हुनेलाई खोप लगाउन थालिएको हो । खोप पाएपछि विद्यार्थी खुसी भएका छन् ।

सरकारले परीक्षामा सामेल हुने विद्यार्थीलाई लक्षित गर्दै खोप दिन सुरु गरेको छ । खोप केन्द्रमा परीक्षाको प्रवेश पत्र लिएर पुग्ने युवाको भिड देखिएको छ ।

कोरोना संक्रमणका कारण अनलाइन कक्षा सञ्चालन गरिए पनि सरकारले भौतिक रुपमै परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसैले पनि विद्यार्थी परीक्षा हलमै कोरोना सर्ने र आफूलाई गाह्रो हुने हो कि भन्ने चिन्तामा थिए । तर अब खोप लगाउन पाएपछि भने उनीहरु ढुक्क छन् ।

सरकारले कोरोना संक्रमण फैलिने आशंकमा केही परीक्षा स्थगित गरेपनि केही परीक्षा भने जारी छ । विनिता पाठक पनि अहिले परीक्षा दिइरहनु भएको छ । अनलाइनमै परीक्षा लिएको भए हुन्थ्यो भन्ने उहाँको चाहना थियो । तर त्यसो हुन सकेन । परीक्षा चलिरहँदा पढ्नु भन्दा पनि घण्टौं लाईनमा बसेर खोप लगाउन समय खर्चिनु पर्दा पाण्डेलाई चित्त भने बुझेको छैन । किनभने खोप केन्द्र व्यवस्थित छैन ।

कतिपय विद्यार्थी भने परीक्षा सकिएपनि सुविधा प्रयोग गरेर खोप लगाउन पुगेका छन् ।

कोरोना विरुद्धको खोप अभियानमा सरकारले पहिले फ्रन्टलाईनमा काम गर्ने र जेष्ठ नागरिकलाई प्राथमिकता दियो । तर युवा समूह बढी घुमफिर गर्ने भएकाले संक्रमण नियन्त्रणमा समसया भयो । आफूहरुलाई जोखिम बढी भएकाले पहिले नै खोप दिएको भए,हुन्थ्यो भन्ने पनि कतिपय युवालाई लागेको छ ।

सरकारले सुक्रबार, शनिबार र आगामी मंगलबार विद्यार्थीलाई खोप लागउने बताएको छ । यहि क्रममा काठमाडौंमा ४० वर्षमाथिको उमेर समुहलाई पनि खोप लगाउन थालिएको छ ।

नेपालमा अहिलेसम्म ३८ लाख जनाले पूर्ण मात्रा र ४९ लाख भन्दा बढीले पहिलो मात्रा खोप लगाईसकेका छन् । ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको सरकारले अभियानलाई व्यवस्थित गर्न भने अझै सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *