राजनीति

माधव नेपाललाई ‘धोका’ दिएका नेताले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई दिए अल्टिमेटम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ४ गते १९:३१
माधव नेपाललाई ‘धोका’ दिएका नेताले  १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई दिए अल्टिमेटम (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । नयाँ पार्टी गठनमा माधवकुमार नेपाललाई साथ नदिएर एमालेमै बसेको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता नहुँदै १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ ।

स्थायी कमिटी, केन्द्रीय सदस्य र संघीय सांसदको संयुक्त बैठकले पार्टीलाई एक राख्नै भन्दै छिटो भन्दा छिटो १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई दबाब दिएको हो ।

९ गते निर्वाचन आयोगले सनाखतका लागि माधवकुमार नेपाललाई बोलाएकोले त्यस अघि नै ओलीले यो माग सम्बोधन गर्नुपर्ने यो समूहको माग छ ।

यस्तै माधवकुमार नेपाल सहित १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता गर्न पनि यो समूहले माग गरेको छ ।

यस्तै एकताका लागि भन्दै यो समूहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दल दर्ता गर्ने प्रक्रियाबाट पछि हट्न आग्रह गरेको छ ।

बैठकले गाली गलौज र द्वन्द्वमा नउत्रि उच्च राजनीतिक संस्कार देखाउन पनि पार्टी कार्यकर्ताहरुलाई अपील गरेको छ । एकताका लागि आफूहरु लाग्ने भन्दै सहयोग गर्न पनि यो समूहले आग्रह गरेको छ ।

माग पूरा नभए स्थायी समितिको बैठक बसेर कडा कदम चाल्ने यो समूहको निर्णय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्