Main News

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, ३०४२ संक्रमित थपिए

हिमालय टिभी
२०७८ भदौ ४ गते १७:०५
कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, ३०४२ संक्रमित थपिए

४ भदौ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । मृतकको संख्या १० हजार ४ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक ३ हजार ४२ संक्रमित थपिएका छन् । ति मध्ये अधिकांश प्रदेश एक, बागमती र गण्डकी प्रदेशमा छन् । १० हजार ५ सय ३० पीसीआर परीक्षणमा २ हजार ७९ र एन्टिजेन परीक्षणमा ९ सय ६३ संक्रमित पहिचान भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ८ सय ९८ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ६ सय ४, ललितपुरमा १ सय ८७ र भक्तपुरमा १ सय ७ संक्रमित थपिएका छन् ।

उपत्यका वाहिर कास्कीमा कास्कीमा २ सय २९, मोरङमा १ सय ५०, झापामा ७७ र सुनसरीमा ८७ नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक २२ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ पुगेको छ । तर यो संख्या पीसीआर परीक्षणमा पहिचान भएका संक्रमितको मात्रै हो । ७ सय १४ जनाको आइसीयु र १ सय ७१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक एकैदिन १ लाख ८० हजार २८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म ३८ लाखले पूर्ण मात्रा र ४९ लाखले एक मात्रा खोप लगाइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *