Main News

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ४ गते १७:००
कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न माग (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

आफैले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ सार्वजनिक गर्दै सीमाविद् श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्रफल सार्वजनिक गर्न माग गर्नुभएको हो ।

चुच्चे नक्सा सार्वजनिक गरेपनि नयाँ क्षेत्रफल सार्वजनिक नगरेकोमा श्रेष्ठले असन्तुष्टि व्यक्त गर्नुभयो । चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीलाई अप्ठ्यारो परेको श्रेष्ठले बताउनुभयो ।

नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा थप ८ सय २६ वर्ग कि।मि। थपिएको आफूले अध्ययनमा पाएको पनि सीमाविद श्रेष्ठले बताउनुभयो ।

जंगबहादुर बाहेक कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म सीमा मिचियो भनेर चिठी लेख्दै जमिन फिर्ता नमागेको भन्दै श्रेष्ठले कालापानी लिपुलेक र लिम्पियाधुरा फिर्ता लेउ भनेर भारतलाई पत्र किन नलखेको भनेर पनि प्रश्न गर्नुभयो ।

श्रेष्ठको पुस्तकमा नेपालको सीमाका साथै अन्य देश नाइजेरिया–बेनिन, उत्तर र दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमा क्षेत्रको अध्ययनबाट प्राप्त जानकारी राखिएको छ ।

नेपाल–भारतबीचको सीमा समस्या, सीमा अध्ययन गर्न जाँदाका भोगाइ पनि पुस्तकमा राखेको उहाँले जानकारी दिनुभयो । चुच्चे नक्सा लगायतका सीमा मामिलाबारे विदेशीले पनि बुझुन् भन्ने उद्देश्यका साथ पुस्तक अंग्रेजीमा लेखिएको पनि उहाँले बताउनुभयो ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *