Main News

बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त, विष्णुप्रसाद प्रसाई पदमुक्त

हिमालय टिभी
२०७८ भदौ ४ गते १४:५१
बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त, विष्णुप्रसाद प्रसाई पदमुक्त

४ भदौ २०७८ काठमाडौं । बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम संखुवासभाका यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गर्नु भएको हो ।

नेकपा एमालेको विदेश विभागका पूर्वसचिव शर्माले लामो समय माधवकुमार नेपालको सचिवालयमा रहेर काम गर्नुभएको थियो । त्यस्तै, वामदेव गौतम र मदन भण्डारीको सचिवालयमा रहेर पनि शर्माले काम गर्नुभएको थियो। शर्माले अंग्रेजी विषयको प्राध्यापन गर्दै आउनु भएको थियो ।

सरकारकै सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६५ को उपधार (१) को खण्ड (ख) बमोजिम यसअघिका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

मेची नगर नगरपालिकाको मेयरमा पराजित एमाले नेता प्रसाई २०५४ सालमा झापा जिल्ला विकास समितिको उपसभापति हुनुहुन्थ्यो ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ ।

लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *