Main News
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
२०७८ भदौ ४ गते ८:५७
४ भदौ २०७८ काठमाडौं । आज पनि देशभरको मौसम प्रतिकुल हुने पूर्वानुमान गरिएको छ ।
अहिले देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पनि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले छ।
राति पनि प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया