Main News

भूतपूर्व गोर्खा सैनिकको माग र सरोकारको दीर्घकालीन समाधान खोज्न बेलायत सहमत

हिमालय टिभी
२०७८ भदौ ४ गते ८:११
भूतपूर्व गोर्खा सैनिकको माग र सरोकारको दीर्घकालीन समाधान खोज्न बेलायत सहमत

४ भदौ २०७८ काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ ।

योसँगै बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ ।

समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ अगष्ट ७ देखि अनसनमा बसेका थिए । हिजो बेलायती रक्षामन्त्री लियो डोचर्डी आफैं अनसन स्थलमा पुगे दीर्घकालीन समाधान खोज्न द्वीपक्षीय कमिटी बनाउन प्रतिवद्धता जनाएका छन् ।

उनको लिखित पत्रमा भूतपूर्व र्गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्विपक्षीय कमिटी बनाउने र भूपू गोर्खाहरुका पनि प्रतिनिधि रहने उल्लेख छ । वार्ता समितिले प्राविधिक कमिटीको रिपोर्टलाई प्रारम्भिक आधार मानेर डिसेम्बरदेखि औपचारिक काम थाल्नेछ ।

त्यसअघि सेप्टेम्बर ८ मा रक्षामन्त्री, नेपाली राजदूत र भूपू गोर्खाका प्रतिनिधिहरुबीच छलफल गर्ने सहमति भएको गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले जानकारी दिनुभयो ।

संघर्ष समितिले नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, संघसंस्था, सञ्चारमाध्यमलगायत सबैलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *