Main News

काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

हिमालय टिभी
२०७८ भदौ ४ गते ८:०४
काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

४ भदौ २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउने भएको छ।

महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोप दिन लागेको हो।

आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ।

महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *