Main News

भदौ ७ गते नेवार समुदायलाई सार्वजनिक विदा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३ गते २०:४७
भदौ ७ गते नेवार समुदायलाई सार्वजनिक विदा (भिडियो रिपोर्टसहित)

३ भदौ २०७८ काठमाडौं । सरकारले भदौ ७ गते गाइजात्राको अवसरमा देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसअघि गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा दिने गरिएको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते पर्ने कृष्ण जन्माष्टमी पर्वमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथीमा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद बैठकले सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यसैगरी, काठमाडौं तराई मधेश द्रुत मार्गको सहायक संरचना निर्माण गर्न मकवानपुरका कालभैरव र गौरी शंकर वन क्षेत्रमा परेको ५ दशमलव २२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न अनुमति दिने र त्यहाँ रहेका रुख हटाउन स्वीकृति दिएको निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

मन्त्रिपरिषद बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *