Main News
अध्यक्ष हुनकै लागि मात्र नेपालले पार्टी फुटाएको ओलीको आरोप
२०७८ भदौ ३ गते २०:३५
३ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष हुनकै लागि माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाउनु भएको छ ।
भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिन तयार हुँदा पनि नमानेर पहिलो अध्यक्ष हुन पार्टी खोलेको आरोप लगाउनुभयो ।
फुटेर जानु अघि नेपालले पदका लागि नयाँ–नयाँ माग तेर्साएको पनि ओलीको आरोप छ ।
ओलीले नेपालसँग गएका नेता कार्यकर्तालाई नाम कटाएर आए उचित जिम्मेवारी दिने आश्वासन दिनुभयो ।
प्रतिक्रिया