Main News

यौन व्यवसाय संचालन गरेको अभियोगमा ललितपुरबाट ७ जना पक्राउ

हिमालय टिभी
२०७८ भदौ ३ गते १३:१६
यौन व्यवसाय संचालन गरेको अभियोगमा ललितपुरबाट ७ जना पक्राउ

३ भदौ २०७८ ललितपुर । ललितपुर महानगरपालिका–३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल विष्ट, ललिपतुर ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका-७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।

उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *