Main News

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

हिमालय टिभी
२०७८ भदौ ३ गते ९:४९
राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

३ भदौ २०७८ काठमाडौं । राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।

कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उहाँको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँ सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो । वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उहाँ वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ः०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *