Main News

सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

हिमालय टिभी
२०७८ भदौ ३ गते ६:५०
सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

३ भदौ २०७८ काठमडौं । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ ।

नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको बुधबार नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।

राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उहाँले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जित्नुभएको थियो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *