Main News

भूतपूर्व गोर्खा सैनिकद्वारा यस्तो शर्तसहित अनशन स्थगित गर्न अस्वीकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २ गते १८:३३
भूतपूर्व गोर्खा सैनिकद्वारा यस्तो शर्तसहित अनशन स्थगित गर्न अस्वीकार (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ काठमाडौं । भूतपूर्व गोर्खा सैनिकले बेलायतले नेपालसँग मिति तोकेर मन्त्रीस्तरीय वार्ता गर्ने लिखित प्रतिबद्धता नजानएसम्म आमरण अनशन नतोड्ने अडान राखेका छन ।

नेपाल सरकारले लण्डनमा आमरणमा बसेका भूतपूर्व गोर्खा सैनिकलाई आन्दोलन फिर्ता लिन आग्रह गरेपनि अस्वीकार गरेका हुन् ।

बेलायतले नेपालसँग उच्चस्तरीय वार्ताका लागि नेपाललाई पत्रचार गर्नुपर्ने र त्यसको जानकारी नेपालले आफूहरुलाई दिए मात्रै अनशन तोड्ने आमरण अनशनरत ज्ञानराज राईले बताउनुभयो ।

राईले नेपालले सम्बन्ध बिग्रेला भनेर नबोल्दा र बेलायत वार्ताबाट भाग्दा समस्या समाधान हुन नसकेको बताउनुभयो ।

आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै समानताको माग सहित ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालयको नजिकै आमरण अनशन बस्नुभएको छ । बेलायती सैनिक सरह सबै सेवा सुविधा पाउनुपर्ने भूतपूर्व गोर्खा सैनिकको गुनासो छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *